
सेनाले उक्त बमलाई निष्कृय पारेको छ । धनगढी उपमहानगरपालिका–५ तारानागरमा पुल नजिकै बम फेला परेको हो ।
घर बनाउन बोरामा राखिएको बालुवामा प्रेसर कुकर बम फेला परेको थियो । सो बमलाई तेघरीस्थित सेनाको टोलीले निष्कृय पारेको छ ।
निर्माणाधीन घर छेउ बोरामा राखेको बालुवामा शंकास्पद बस्तु फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
विगत ३ दिनदेखि प्रधानमन्त्री देउवा धनगढीमा छन् । उनी दिनभरी चुनावी सभालाई सम्बोधन गर्न सुदूरपश्चिमका विभिन्न जिल्ला पुग्ने र बास बस्न धनगढी नै आउने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्