१६ असार २०८२, सोमबार | Tue Jul 1 2025


गगनका शुभेच्छुकहरुको अस्पतालमा भीड, घाइतेमध्ये दुईको अवस्था गम्भीर(भिडियो)


0
Shares

थापा सहित १० जना घाईते भएका छन् । थापाको गर्धन र ढाडमा चोट लागेको छ । थापाले अस्पतालबाट नै आफ्ना मतदाताहरुलार्इ यस्ता घटनाहरुबाट विचलित र आतंकित नहुन आग्रह गरेका छन् ।

घरदैलोमा जाँदै गर्दा थापालाई नै लक्षित गरी बम प्रहार गरिएको थियो । घाइते मध्ये दुई जनाको अवस्था गम्भीर छ । अन्य घाइतेको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचार हुँदैछ ।

घाइते हुनेमा प्रदेश सभाका कांग्रेस उम्मेदवार साधुराम खड्कासहित राजकाजी श्रेष्ठ, जयराम लामिछाने, ध्रुव खड्का, पूर्णबहादुर श्रेष्ठ, रेणु बरुवाल, श्यामकृष्ण श्रेष्ठ, सुमन खड्का, रवीन्द्र कार्की, काशीलाल श्रेष्ठ, परशुराम थापा पनि घाइते छन् ।

थापामाथि बम आक्रमण गर्ने आक्रमणकारीको खोजी कार्य तीब्र बनाइएको प्रहरीले बताएको छ । उनी माथि बम आक्रमण भएलगत्तै त्यसआसमासमा सुरक्षा व्यवस्था कडा बनाएर आक्रमणकारीको खोजी कार्य जारी राखिएको जनाइएको छ ।

गम्भीर घाईते हुनेमा श्याम कृष्ण श्रेष्ठ र राजकाजी श्रेष्ठ रहेका छन् भने ध्रुब खड्का लगायत ३ जना सामान्य घाईते भएका छन् । उनीहरु सबैको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भईरहेको छ ।

घरदैलो सकेर फर्किने क्रममा पछाडिबाट थापामाथि बम आक्रमण गरिएको थियो । बम विष्फोट भएको बेलामा थापा निकै अगाडि पुगिसकेका थिए ।

अहिले गगन थापाको अवस्थाबारे बुझ्न शिक्षण अस्पताल महाराजगञ्जमा शुभेक्षुकहरुको भीड लागेको छ । शुभेच्छुकहरुले काठमाडौंमै सुरक्षाको प्रत्याभूति हुन नसकेको गुनासो गरिरहेका छन् ।

(भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस)