१९ असार २०८२, बिहिबार | Fri Jul 4 2025


घुस लिदालिँद मालपोतका २ जना नासु पक्राउ


0
Shares

आयोगका सहायक प्रवक्ता खगेन्द्र रिजालका अनुसार जग्गा हाल साविक गरी जग्गा धनी प्रमाणपूर्जा बनाउने प्रयोजनका लागि सेवाग्राहीसँग विभिन्न बहानामा घुस माग्दै गरेको अवस्थामा नायब सुब्बाद्वय शेरबहादुर थापा र नारायणमणि खनाललाई घुस रकमसहित आयोगको टोलीले पक्राउ गरेको हो ।

सेवाग्राहीले कर्मचारीले घुस मागेको भन्ने सूचना आयोगका कर्मचारीलाई दिएका थिए । कानुनअनुसार जग्गा हाल साविक गरी जग्गाधनी प्रमाणपत्र दिनुपर्ने भएपनि नायब सुब्बाद्वय थापा र खनालले घुस मागेका थिए ।

घुस मिलाउन विचौलियाको काम गर्ने कपिलदेव खड्कालाई समेत आयोगको टोलीले पक्राउ गरेको छ । रासस