२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


अन्तिम टेस्ट क्रिकेटमा भारतविरुद्ध श्रीलंकाको आकर्षक जवाफ


0
Shares

भारतको नयाँदिल्लीमा जारी खेलमा भारतले पहिले ब्याटिङ गर्दै ७ विकेटको क्षतिमा ५३६ रन बनाएर इनिङ समाप्तिको घोषणा गरेकामा श्रीलंकाले पनि आकर्षक रन बटुलेको छ ।

श्रीलंकाले तेस्रो दिनको समाप्तिसम्म ९ विकेटको क्षतिमा ३५६ रन बनाएको छ । कप्तान चाँदिमालले अविजित रहँदै १४७ तथा म्याथ्युजले १११ रन बनाए । रविचन्द्रन आश्विनले ३ तथा मोहम्मद शामी, इशान्त शर्मा र रविन्द्र जडेजाले २/२ विकेट लिए ।

श्रीलंकाको यो प्रदर्शनले भारतको इनिंस अन्तरको जितको सपना चकनाचुर भएको छ । तीन खेलको शृंखलामा भारत १÷० ले अगाडि छ । यसअघि भारतका लागि कप्तान विराट कोहलीले २४३ तथा मुरली विजयले १५५ रन बनाएका थिए ।