
राजधानीदेखि लिएर विभिन्न जिल्लामा दैनिकजसो विस्फोटमा घटना प्रकाशमा आइरहेका छन् । कतै उम्मेदवार लक्षित हमला भएका छन् भने कतै सडक मै बम राखेर सर्वसाधारणलाई समेत निशाना बनाउने गरेको पाइएको छ ।
यसै क्रममा कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका–११ कोपवामा सडकमै सकेट बम फेला परेको छ । मंगलबार नेपाली सेनाको नारायण दल गणबाट खटिएको बम डिस्पोजल टोलीले उक्त बम निस्कृय तुल्याएको छ ।
बाटो हिँड्दा ठेस लाग्ने गरी सकेट बम राख्न थालिएपछि सर्वसाधारण आतंकित भएका छन् । सवारी साधन चलिरहने तथा बालबालिकासमेत खेल्ने स्थानमा यसरी सकेट बम राखिएबाट हिँडडुल गर्न समेत सर्वसाधारण असुरक्षित महसुस गर्न थालेका छन् ।
प्रतिक्रिया दिनुहोस्