गाउँपालिकाका प्रमुखलाई कालोमोसो दलियो, ‘ज्यानमार्ने धम्की’ • Image Khabar Image Khabar


गाउँपालिकाका प्रमुखलाई कालोमोसो दलियो, ‘ज्यानमार्ने धम्की’


Imagekhabar
१५ असार २०७५, शुक्रबार ०६:३९

गाउँपालिकाका प्रमुखलाई कालोमोसो दलियो, ‘ज्यानमार्ने धम्की’

डीबी विष्ट (इमेज)

बझाङ, असार १५ । बझाडको दुर्गम मष्टा गाउँपालिकाका अध्यक्ष कर्णबहादुर कठायतमाथि शुक्रबार दुर्व्यवहार भएको छ ।

नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका कार्यकर्ताले अध्यक्ष कठायतलाई कार्यालयमा भएको एक बैठक सकेर बाहिर निस्कनेक्रममा कालोमोसो दलेका जनाइएको छ ।

त्यसपछि त्यहाँ उपस्थित वडाध्यक्ष, सेवाग्राही र चन्दका कार्यकर्ताबीच केहीबेर तनाब सिर्जना भएको थियो ।

७/८ जनाको समूहमा आएका उनीहरुले अध्यक्ष कठायतलाई कालोमोसो दलेका हुन् ।

चन्दका कार्यकर्ताले अध्यक्ष कठायतलाई आफन्त र कार्यकर्तालाई योजना दिएको, चन्दा नदिएकोलगायतका आरोप लगाएका छन् ।

आफूलाई कालोमोसो दल्नुका साथै ज्यानमार्नेसम्मको धम्की आएको अध्यक्ष कठायतले बताए ।

चन्दका कार्यकर्ताले दुई दिनअगाडि पनि साइपाल गाउँपालिकाका निमित्त कार्यकारी राधाकृष्ण जोशीलाई कालोमोसो दलेका थिए ।

मष्टाका अध्यक्षलाई कालोमोसो लगाएपछि मष्टातिर प्रहरी परिचालन गरिएको प्रहरीले जनाएको छ । सदरमुकामबाट मष्टा पुग्न ४ घन्टा लाग्छ ।

चन्दका कार्यकर्ताहरुले मष्टा गाउँपालिकाका अध्यक्ष कठायतले योजना सन्चालन गर्दा कमिसन खाएको, कार्यालय समयमै मदिरा सेवन गरी हो–हल्ला गरेको र बजेट वितरणमा मनोमानी गरेको आरोप लगाउँदै कालोमोसो दलेको जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्