 
	    जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको ना ५ ख ३१६६ नम्बरको बसले सोही दिशातर्फ जाँदै गरेको ना ४० प ९९१० नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार दुईजनाको मृत्यु भएको हो ।
गएराति करिव ११ बजेको समयमा रत्ननगरको टिकौलीस्थित पेट्रोल पम्पअगाडि भएको उक्त दुर्घटनामा परी मृत्यु हुनेमा भरतपुर महानगरपालिका–६ का करिब २६ वर्षीय शंकर भण्डारी रहेको प्रहरीले जनाएको छ ।
अर्का एकजनाको भने सनाखत हुन सकेको छैन । उनीहरुको राति नै उपचारका लागि चितवन मेडिकल कलेज लगिएकामा तत्कालै चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ । शव अहिले चितवन मेडिकल कलेजमै राखिएको छ । बस र त्यसका चालक भने इलाका प्रहरी कार्यालय, रत्ननगरको नियन्त्रणमा रहेको जनाइएको छ । (रासस)


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्