
‘निकै लामो रहेको सुरुङको पत्ता लगाउन र ध्वस्त गर्न आइडिएफले विकास गरेको अत्याधुनिक पद्धतिको प्रयोग गरिएको थियो,’ आइडिएफका प्रवक्ता लेफ्टिनेन्ट कर्नेल जोनाथन कनरिकसले बताए ।
सेनाले उक्त घटनामा हमास जिम्मेवार रहेको थाहा भएपनि यसलाई ‘सेनाले विशेष चर्चा गर्न नचाहेको’ बताएको छ ।
दक्षिण इजरायलको सीमानासँग नजिक रहेको गाजा क्षेत्रमा हमास लडाकू समूहको नियन्त्रण रहेको छ । हमासले इजरायलको अस्थित्वलाई नै स्वीकार गर्दैन । हमास र इजरायल पटक पटक युद्ध लडेका थिए र पछिल्लो युद्ध सन् २०१४ मा भएको थियो ।
सन् २०१४ मा एक सुरुङको पत्ता लागेपछि सुरु भएको युद्धपछि इजरायलले यस्ता सुरुङको पत्ता लगाउने नयाँ अत्याधुनिक प्रविधिको विकास सुरु गरेको दावी गरेको छ । (रासस/सिन्ह्वा)
प्रतिक्रिया दिनुहोस्