एसीसी यु-१६ क्रिकेटमा आज नेपालले हङकङसँग खेल्ने • Image Khabar Image Khabar


एसीसी यु-१६ क्रिकेटमा आज नेपालले हङकङसँग खेल्ने


Imagekhabar
२६ मंसिर २०७४, मंगलवार ०७:१५

एसीसी यु-१६ क्रिकेटमा आज नेपालले हङकङसँग खेल्ने

थाईल्याण्डमा जारी प्रतियोगिताको उपाधि दावेदारको रुपमा हेरिएको नेपाल लगातार दोस्रो जितको खोजिमा छ ।

सोमबार भएको पहिलो खेलमा नेपालले आयोजक थाईल्याडलाई १ सय ३३ रनले पराजित गर्दै विजयी शुरुवात गरेको हो ।

नेपालले दिएको १ सय ८० रनको लक्ष्य पछ्याएको थाइल्याण्ड १९ ओभर ३ बलमात्रै क्रिजमा टिकेर ४६ रनमै अल आउट भयो ।

नेपालका नारायण जोशीले १७ रन खर्चेर ५ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३४ ओभर ५ बलमा अलआउट हुनुपूर्व एक सय ७९ रन बनाएको थियो ।

हिजो भएका अन्य खेलहरुमा चीनले भुटानलाई ६९ रनले हराँउदा सिंगापुरले मलेसियालाई २९ रन तथा हङ्गकङ्गले म्यानमारलाई दुई सय १२ रनले पराजित गरे ।

आठ राष्ट्र सहभागी प्रतियोगिताको दुई समहुबाट शिर्ष चार टोली सेमीफाईनलमा पुग्नेछन् ।

प्रतिक्रिया दिनुहोस्