१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


एसीसी यु–१६ क्रिकेटमा नेपालको लगातार दोस्रो जित, हङकङ ४ विकेटले पराजित


0
Shares

थाइल्यान्डमा जारी प्रतियोगिताको उद्घाटन खेलमा सोमबार घरेलु टोलीलाई हराएको नेपालले मंगलबार हङकङलाई ४ विकेटले पराजित गरेको हो ।

खेलमा टस जितर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित् ३५ ओभरमा ९ विकेट गुमाएर ८२ रन बनाएको थियो ।

हङकङलाई सस्तैमा समेट्नेक्रममा नेपालका प्रतिस जिसीले ३ तथा अजयकुमार लोनियाले २ विकेट लिए ।

जवाफमा ८३ रनको सामान्य चुनौती नेपालले २४ दशमलव १ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्‍यो ।

नेपालका लागि त्रिर्थराज दासले सर्वाधिक २७ रनको योगदान गरे ।

समूह चरणको तेस्रो तथा अन्तिम खेलमा नेपालले बिहीबार म्यानमारसँग खेल्नेछ ।