थाइल्याण्डको टेर्डथाइ क्रिकेट मैदानमा आइतबार भएको फाइनल खेलमा सिंगापुरलाई ७१ रनले पराजित गर्दै नेपालले उपाधि हात पारेको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले सिंगापुरलाई १८४ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङमा उत्रिएको सिंगापुर ३१ ओभर १ बलमा सबै विकेट गुमाउँदै ११२ रनमा समेटियो ।
त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ६ विकेट गुमाउँदै १८३ रनको योगफल तयार पारेको थियो ।
नेपालका लागि विशालविक्रम केसीले सर्वाधिक ६३ रनको योगदान दिए ।
त्यस्तै नारायण जोशीले अविजित ४६ रन बनाए भने सुवास ऐर २२, तृतराज दास १९, सुनिल भण्डारी १५, प्रतिश जिसी १० तथा राजन मगरले ३ रन जोडे ।
सिंगापुरका इसान सानवेले २ विकेट लिए । सिंगापुरको ब्याटिङतर्फ भने साइहर्ष भेनुगोपालले सर्वाधिक ३१ तथा अर्नव वाद्वाले २१ रन जोडे ।
सिंगापुरलाई सस्तो मै समेट्ने क्रममा नेपालका सूर्य तामाङ र अजयकुमार लुनियाले ३/३ विकेट लिएका थिए ।









प्रतिक्रिया दिनुहोस्