कोरियन भाषा परीक्षाको नतिजा प्रकाशित, ७ हजार ९९६ जना परीक्षार्थी उत्तीर्ण • Image Khabar Image Khabar


कोरियन भाषा परीक्षाको नतिजा प्रकाशित, ७ हजार ९९६ जना परीक्षार्थी उत्तीर्ण


Imagekhabar
१५ असार २०७५, शुक्रबार ०२:१८

कोरियन भाषा परीक्षाको नतिजा प्रकाशित, ७ हजार ९९६ जना परीक्षार्थी उत्तीर्ण

काठमाडौं, असार १५ । सन् २०१९ को लागि लिइएको कोरियन भाषा परीक्षाको नतिजा प्रकाशित भएको छ ।

ईपीएस कोरिया शाखाले गत जेठ २६ र २७ गते लिएको परीक्षाको नतिजा प्रकाशित भएको हो । यो वर्ष कुल ७ हजार ९ सय ९६ जना परीक्षार्थी उत्तीर्ण भएको ईपीएस कोरिया शाखाका प्रवक्ता शोभाकर भण्डारीले जानकारी दिए ।

यो वर्ष कोरियाले ७ हजार १ सय नेपाली कामदारको कोटा दिएको थियो । कोटाभन्दा झण्डै ९ सय बढी परीक्षार्थी उत्तीर्ण भएका छन् । जसमा कृषिमा २ हजार ९६८ र उत्पादन क्षेत्रमा ५ हजार २८ जना उत्तीर्ण भएका छन् ।

सन् २०१९ को लागि भएको कोरियन भाषा परीक्षामा ७४ हजार ८ सय ६६ जना सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्