नारायणगढ रोटरी क्लबको आयोजनामा सोमबार आयोजित म्याराथनमा निर्धारित् १५ किलोमिटरको दूरी ४४ मिनेट ५३ सेकेन्डमा पूरा गर्दै बस्नेतले उपाधि जितेका हुन् । उनले नगद ५० हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्राप्त गरे ।
४५.३९ मिनेटमा दूरी पूरा गर्दै सशस्त्र प्रहरीकाका गोपीचन्द्र पराई द्वितीय र ४५.४३ मिनेटमा दूरी पूरा गर्दै आर्मीकै होमलाल श्रेष्ठ तृतीय भए ।
द्वितीय हुन सफल पराईले २५ हजार र तृतीय भएका श्रेष्ठले १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको कार्यक्रम संयोजक विज्ञानलाल श्रेष्ठले जानकारी दिए ।
विजेता खेलाडीहरुलाई रोटरीका डिष्ट्रिक्ट गर्भनर सन्जय गिरी र मिस नेपाल २०१६ अस्मी श्रेष्ठले पुरस्कार प्रदान गरे ।
१५ किलोमिटरको मिनी म्याराथन पूर्वी चितवनको रत्ननगरस्थित टाँडीबाट सुरु भइ नारायणगढको लिलाचोकमा पुगी समापन भएको थियो ।
२७१ जनाले प्रतिस्पर्धा गरेको म्याराथनमा ७२ जनालेमात्रै निर्धारित् दूरी पूरा गरेका थिए ।
आयोजक नारायणगढ रोटरी क्लबका अध्यक्ष नारायण प्रधानले चितवनमा म्याराथनलाई व्यापकता बनाउन जिल्लामै पहिलोपटक सर्वाधिक धनराशीको प्रतियोगिता गरिएको बताए । उनले आगामी दिनमा हाफ म्याराथन आयोजना गर्ने बताए ।









प्रतिक्रिया दिनुहोस्