
शनिबार सुरु भएको भीषण आँधी र पहिरोका कारण कम्तीमा २६ जनाको मृत्यु भएको र अन्य ४६ जना नागरिक हराइरहेका सरकारका प्रवक्ताले सोमबार जानकारी दिएका छन् ।
यस काइ–ताक नामक तथा त्यसलगत्तैको भीषण पहिरोका कारण कम्तीमा १७ व्यक्तिको मृत्यु भएको राष्ट्रिय प्रकोप नियन्त्रण विभागका अधिकारीहरुले जानकारी दिएका छन् ।
बिलिरन, लेएटे पूर्वी समार र समार प्रान्त पहिरोबाट प्रभावित भएको बताइएको छ । भीषण आँधी र पहिरोको कारण ४६ व्यक्ति बेपत्ता भएका छन् ।
बेपत्ता भएका व्यक्तिहरु फिलिपिन्सको मध्य प्रान्त रोमब्लोनका रहेका जनाइएको छ । फिलिपिन्सका केही प्रान्तहरुमा गत शनिबारबाट सुरु भएको वर्षापछि बाढी र पहिरोले सताएको हो ।
शनिबारबाट सुरु भएको यस आँधीको कारण कैयौं उडानहरु र डुंगाबाट गरिने यात्रा पनि अवरुद्ध भएका छन् । (रासस/सिन्ह्वा)
प्रतिक्रिया दिनुहोस्