Logo ५ बैशाख २०८३, शनिबार | Sat Apr 18 2026


पीएफए अत्तरीया र न्यू बुद्ध फूलबारी सेमिफाइनलमा


0
Shares

धनगढी रंगशालामा सोमबार भएका क्वार्टरफाइनल खेलमा जित हासिल गर्दै अत्तरीया र फूलबारी अन्तिम चारमा पुगेका हुन् ।

सोमबार भएकोे पहिलो क्वार्टरफाइनलमा पीएफए अत्तरीयाले आयोजक फारवेस्ट पशुपति युवा क्लब ‘बी’लाई ४—० ले पराजित गर्‍यो ।

मणिराम चौधरीको ह्याट्रिकको मद्दतमा अत्तरीयाले सहज जित दर्ता गरेको हो । मणिरामले खेलको १३औं, ३५औं र ६९औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । अत्तरीयाका लागि अर्को एक गोल १७औं मिनेटमा विशाल राईले गरे । चौधरी ‘म्यान अफ द म्याच’ घोषित भए ।

यस्तै, सोमबारै भएको दोस्रो क्वार्टरफाइनलमा न्यू बुद्ध युवा क्लब फूलवारीले फारवेस्ट अत्तरीया स्पोर्टस् एकेडेमीलाई ‘टाइब्रेकर’मा ५—४ ले हरायो ।

निर्धारित् र थप गरिएको समयमा पनि दुवै टिमबाट कुनै गोल हुन नसकेपछि पेनाल्टी सुटआउटमा फूलबारी सफल भएको हो ।

मंसिर २८ गतेदेखि सुरु भएको प्रतियोगिता पुस ८ गतेसम्म सन्चालन हुनेछ ।

प्रतियोगिताको विजेताले तीन लाख र उपविजेताले डेढ लाख रुपैयाँ पुरस्कार पाउनेछ ।