२७ जेष्ठ २०८२, मंगलबार | Tue Jun 10 2025


वासिङ्टनमा गुडिरहेको रेलको डिब्बा राजमार्गमा खस्यो, कम्तीमा ६ जनाको मृत्यु


0
Shares

राजमार्गमाथि रहेको रेलमार्गमा गुडिरहेको रेलको डिब्बा लिकबाट फुत्किएर तल रहेको आई–५ राजमार्गमा खस्दा दुर्घटना भएको हो ।

त्यहाँका सरकारी अधिकारीले ६ जनाको ज्यान गएको बताएपनि ज्यान गुमाउनेको संख्या बढ्नसक्ने अनुमान गरिएको छ ।

घाइते तथा ज्यान गुमाउनेको यकिन विवरण अहिलेसम्म नआएको वासिङ्टन प्रहरीले जनाएको छ ।

रेलका कम्तीमा चारओटा डिब्बा तल राजमार्गमा खसेकोजस्तो घटनापछिको तस्वीरबाट अनुमान लगाउन सकिने अमेरिकी सन्चारमाध्यमले जनाएका छन् । ज्यान गुमाउने सबैजसो रेलमा रहेका यात्री हुन् ।

तर, तल सडकमा रहेका कसैलाई केही नभएको सरकारी अधिकारीले बताएका छन् । दुर्घटनाको कारण थाहा नभएको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

रेलको डिब्बा राजमार्गमा खस्दा यातायात प्रभावित भएको छ । (एजेन्सी)