
मंगलवार भएका क्वाटरफाईनलमा जित हासिल गर्दै दुवै टोली अन्तिम चारमा पुगेका हुन् ।
सुदुरपश्चिम ११ ले समिफाईनलमा भोली पिएफए अत्तरीयासँग प्रतिस्पर्धा गर्नेछ । आयोजक फारवेष्ट पशुपतिले फाईनल प्रवेशका लागि न्यु वुद्ध युवा क्लव फुलवारीको सामना गर्नेछ ।
धनगढी रंगशालामा आज भएको पहिलो खेलमा दाङको स्पोर्टस स्कुल फुटवल एकेडेमी दाङलाई १–० ले पराजित गर्दै उपाधि दौडलाई कायम राखेको हो ।
निकै प्रतिस्पर्धात्मक खेलमा निर्णायक गोल सुदुरपश्चिम ११ का चेतन थारुले पहिलो हाफको १६ औं मिनेटमा गरेका हुन ।
रक्षापंक्तिमा खेल्ने चेतनले कर्नरको प्रहारलाई हेड मार्फत गोल गरेका हुन । विपक्षीका धेरै प्रहार समेत छेकेका उनी म्यान अफ द म्याच समेत भए ।
जित हात पारेपनि टीमले सोचे अनुसारको प्रदर्शन गर्न नसकेको र धेरै स्कोर गर्न सकिने भएपनि केही खेलाडीहरुको अभाव खट्किएको सुुदुरपश्चिम ११ स्पोर्टस क्लवका प्रशिक्षक ललीत चन्दले वताए ।
स्पोर्टस स्कुल फुटवल एकेडेमी दाङका प्रशिक्षक सुधीर गुरुङले कक्षाा १२ मा अध्ययनरत आफ्नो टोलीले निकै राम्रो खेलेकोमा खुशी व्यक्त गर्दै राष्ट्रिय खेलाडीले भनिएको विपक्षी टीमलाई कडा टक्कर दिन सफल भएको वताए ।
स्पोर्टस स्कुल फुटवल एकेडेमी दाङ अघिल्लो संस्करणमा पनि सहभागी भएको थियो । त्यो वेला सुरुमै ६ गोल खाएको टोलीले यसपाली पहिलो खेलमा ८–० को जित दर्ता गरेको थियो ।
धनगढी रंगशालामै आज भएको अन्तिम क्वाटरफाईनलमा आयोजक फारवेष्ट पशुपतिले सुदुरपश्चिम ११ वीलाई पनि १–० गोल अन्तरले पराजित गरेको छ ।
विदेशी खेलाडी सहित मैदान उत्र्रिएको आयोजक टीमका लागि विदेशी खेलाडी ओलाकेज आईस्याकले निर्णायक गोल गरे ।
कर्नर प्रहारलाई हेड मार्फत उनले पहिलो हाफको ३२ औं मिनेटमा गोलमा परिणत गरे । टीमलाई उपाधि दौडमा दौडाएका ओलाकेज आईस्याक म्यान अफ द म्याच भए ।
विदेशी सहितका खेलाडीहरु टीममा भएका कारण पहिलो खेलमा आपसी तालमेल नमिल्दा पनि जित हासि गर्न सकेको र अव सेमिफाईनलमा अझ राम्रो प्रदर्शन गर्ने फारवेष्ट पशुपति युवा क्लवका प्रशिक्षक हरि वोहोराले वताए ।
सुदुरपश्चिम ११ वी का म्यानेजर सिसिर हमालले उमेर समुहका खेलाडीहरु भएपनि राम्रो खेलेको र पाएका मौका गुमाउँदा हार व्यहोरेको वताए ।
झण्डै ५ लाख नगद पुरस्कार राशी रहेको प्रतियोगिता अन्तर्गत भोलीदेखि सेमिफाईनलका खेल हुने भएका छन ।
धनगढी रंगशालामा भोली अत्तरीयासँग प्रतिस्पर्धा गर्नेछ । आयोजक फारवेष्ट पशुपतिले फाईनल प्रवेशका लागि पर्सि न्यु वुद्ध युवा क्लव फुलवारीको सामना गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्