Logo ४ बैशाख २०८३, शुक्रबार | Sat Apr 18 2026


आयोजकलाई हराउँदै बिर्तामोड फाल्गुनन्द गोल्डकपको सेमिफाइनलमा


0
Shares

सोमबकार भएको क्वार्टरफाइनल खेलमा आयोजक फिदिम स्पोर्टिङ क्लबलाई ७–१ गोलको फराकिलो अन्तरले पराजित गर्दै बिर्तामोड सेमिफाइनलमा पुगेको हो ।

बिर्तामोडको जितमा विशाल राईले खेल सुरु भएको छैटौं, ३६औं र ६२औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । कर्ण लिम्बूले खेलको १९औं र ७५औं मिनेटमा गरी बिर्तामोडका लागि दुई गोल गरे ।

बिर्तामोडको जितमा थप दुई गोल हिसबु लिम्बूले खेलको २८औं मिनेटमा एक र नरेन लिम्बूले ७२औं मिनेटमा एक गोल गरे ।

खेल अवधिभर दबाबमा रहेको आयोजक फिदिम स्पोर्टिङका तर्फबाट मनीष थापाले खेलको १२औं मिनेटमा एक गोल फर्काएका थिए ।

खेलमा उत्कृष्ट प्रदर्शन गरेका झापाका विशाल राई ‘म्यान अफ द म्याच’ घोषित भए ।

प्रतियोगिताअन्तर्गत मंगलबार यूके एफसी दार्जिलिङ र रुपन्देही–११ बीच प्रतिस्पर्धा हुने आयोजक फिदिम स्पोर्टिङ क्लबका अध्यक्ष बिमल श्रेष्ठले जानकारी दिए ।

प्रतियोगिताको विजेताले ३ लाख र उपविजेताले २ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । आगामी पुस १६ गतेसम्म सन्चालन हुने प्रतियोगितामा १० टिमका सहभागिता रहेको छ ।