डा. देवकोटाको स्वास्थ्यस्थितिबारे राष्ट्रपतिले लिइन् जानकारी • Image Khabar Image Khabar


डा. देवकोटाको स्वास्थ्यस्थितिबारे राष्ट्रपतिले लिइन् जानकारी


Imagekhabar
१० पुष २०७४, सोमबार २०:१२

डा. देवकोटाको स्वास्थ्यस्थितिबारे राष्ट्रपतिले लिइन् जानकारी

पित्तथैलीमा समस्या देखिएपछि बेलायतको लन्डनमा उपचार गराइरहेका डा.देवकोटालाई राष्ट्रपति भण्डारीले सोमबार अपराह्न टेलिफोन गरी उनको स्वास्थ्यावस्थाबारे जानकारी लिँदै स्वास्थ्यलाभको कामना गरेको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए ।

डा.देवकोटाले आफ्नो पित्तथैलीमा समस्या देखिएको र अहिले स्वास्थ्यमा सुधार भइरहेको जानकारी राष्ट्रपतिलाई दिएको बताइएको छ ।

प्रमुख स्वकीय सचिव अधिकारीका अनुसार राष्ट्रपति भण्डारीले शनिबार पनि लन्डनस्थित नेपाली राजदूतावासमार्फत डा.देवकोटाको स्वास्थ्यबारे जानकारी लिएकी थिइन् ।

नेपालका उत्कृष्ट न्यूरो सर्जन ६३ वर्षीय डा.देवकोटाको किग्ङ्स कलेज अस्पतालमा उपचार भइरहेको बताइएको छ । पूर्वमन्त्री डा.देवकोटाको स्वास्थ्यलाभको कामना गर्दै आइतबार पशुपति मन्दिरमा दीप प्रज्ज्वलन गरिएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्