भैरहवालाई हराउँदै विराटनगर वारियर्स इपीएल क्रिकेटको फाईनलमा प्रवेश • Image Khabar Image Khabar


भैरहवालाई हराउँदै विराटनगर वारियर्स इपीएल क्रिकेटको फाईनलमा प्रवेश


Imagekhabar
१२ पुष २०७४, बुधबार १२:५२

भैरहवालाई हराउँदै विराटनगर वारियर्स इपीएल क्रिकेटको फाईनलमा प्रवेश

कीर्तिपुर मैदानमा आज भएको खेलमा भैरहवाले दिएको १ सय २८ रनको विजयी लक्ष्य विराटनगरले १७ ओभरमा २ विकेट गुमाएर पुरा ग¥यो ।

विराटनगको लागि बाबर हयातले ४४ बलमा ६२ रन तथा कप्तान पारस खड्काले २४ बलमा अविजित ४२ रनको महत्वपूर्ण पारी खेले ।

यसअघि खेलमा टस हारेर पहिले व्याटिङको निम्तो पाएको भैरहवाले २० ओभरमा ८ विकेट गुमाएर १ सय २७ रन बनाएको थियो ।

भैरहवाका लागि पुनित मेहेराले सर्वधिक ४९ रन तथा आशिफ शेखले ४६ रन जोडेका थिए ।

यो जितसँगै पारस खड्काको कप्तानीमा रहेको विराटनगरले फाईनलमा स्थान सुरक्षित गर्दा पराजित टोली शरद भेषावकरको भैरहवाले दोस्रो क्वालीफायर खेल्नुपर्ने भएको छ ।

भैरहवाले अब ललितपूर प्याट्रिएट्स र पोखरा राईनोजबिचको विजेतासँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्