२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


आठौं अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा नेपाल पहिलो


0
Shares

धनगढी सम्पन्न प्रतियोगितामा १६८ पदकका लागि भएको प्रतिस्पर्धामा नेपाल २३ स्वर्ण, २३ रजत र ४८ कास्य गरी ९४ पदकसहित पहिलो भएको हो ।

दोस्रो स्थानमा रहेको भारतले ९ स्वर्ण, १३ रजत र २९ कास्य गरी ५१ पदक प्राप्त गर्‍यो । यस्तै तेस्रो स्थानमा रहेको भुटानले ६ स्वर्ण, २ रजत र १ कास्य गरी ९ पदकमा चित्त बुझाएको छ भने श्रीलंकाले २ स्वर्ण, १ रजत र ४ कास्य गरी ७ पदक हासिल गरेको छ । बंलादेशले १ स्वर्ण, २ रजत, २ कास्य गरी ५ पदक र पुछारमा रहेको पाकिस्तानले १ स्वर्ण र १ रजत गरी २ पदकमै चित्त बुझाएको छ ।

सुदुुर पश्चिमाञ्चल गोजुरियो कराते डो संघको आयोजनामा भएको प्रतियोगितामा कुमुतो विधातर्फ भने नेपालका विभागीय र क्षेत्रीय टिमहरुले बर्चश्व जमाएका छन् । कुमुतोमा एपीएफ प्रथम हुँदै नगद ५१ हजार, द्वितीय भएको सुदुरपश्चिमले ३१ हजार र तृतीय भएको पश्चिमाञ्चलले २१ हजार पुरस्कार पाएका छन् ।

बुधबार सुरु भएको प्रतियोगिता शुक्रबार सम्पन्न भएको हो ।