शुक्रबार पोखरा रंगशालामा सम्पन्न प्रतियोगिताको फाइनलमा सो उमेर समूहमा नेपालकै शीर्ष वरीयताका भण्डारीले दोस्रो वरीयताका श्रीराम मगरलाई ६–४ र ६–३ को सोभो सेटमा पराजित गर्दै उपाधि उचालेका हुन् ।
उपाधिसँगै भण्डारीले नगद ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । उपविजेता मगरले २० हजार रुपैयाँ पाए ।
प्रतियोगितामा भण्डारीको यो दोस्रो उपाधि हो । यसअघि, २०७३ सालको उपाधि पनि भण्डारीले नै जितेका थिए । २०७२ मा भने मगरले फाइनलमा भण्डारीलाई नै पराजित गर्दै उपाधि चुमेका थिए ।
प्रतियोगिताअन्तर्गत् ४५ वर्षमाथि एकलतर्फको उपाधि पोखराका धरमबहादुर लामिछानेले जिते ।
शुक्रबारै भएको फाइनल खेलमा टिम मन्डिखाटारका विकास गुरुङलाई ६–३, १–६ र सुपरटाइमा १०–५ को जित निकाल्दै धरमले सो उपाधि रक्षा गरेका हुन् ।
उपाधिसँगै लामिछानेले २० हजार रुपैयाँ र उपविजेता गुरुङले १० हजार रुपैयाँ पुरस्कार पाए ।
त्यसैगरी, ५५ वर्षमाथि एकतर्फको उपाधि पनि पोखराकै अनिल तुलाचनको नाममा रह्यो ।
तुलाचनले फाइनलमा पृथ्वी थकालीलाई ६–१ र ६–० को सहज सेटमा पन्छ्याए । विजेता तुलाचनले २० हजार र उपविजेता थकालीले १० हजार रुपैयाँ पुरस्कार पाए ।
प्रतियोगिताका विजेता खेलाडीहरुलाई माछापुच्छे्र बैकका प्रोमोटर किरण केसीले एक कार्यक्रमकाबीच पुरस्कृत गरे ।
कास्की जिल्ला टेनिस संघको आयोजनामा भएको पाँचदिने प्रतियोगितामा देशभरका १२५ खेलाडीहरुको सहभागिता रहेको थियो ।









प्रतिक्रिया दिनुहोस्