Logo ४ बैशाख २०८३, शुक्रबार | Sat Apr 18 2026


मोरङ–११ फाल्गुनन्द गोल्डकपको फाइनलमा


0
Shares

शुक्रबार भएको दोस्रो सेमिफाइनल खेलमा बिर्तामोड युनाइटेड झापालाई ‘सडनडेथ’मा हराउँदै मोरङ फाइनलमा पुगेको हो ।

निर्धारित् समय अवधिभर दुवैतर्फबाट एक–एक गोलको बराबरीपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो ।

बिर्तामोडको तर्फबाट खेलको २३औं मिनेटमा कर्ण लिम्बूले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । मोरङका अशोक खवासले ८२औं मिनेटमा गोल गरेपछि खेलमा एक–एकको बराबरी भएको थियो ।

पेनाल्टी सुटआउटमा पनि दुवै पक्षबाट बराबरी गोल भएपछि खेल सडनडेथमा धकेलिएको थियो । जसमा मोरङले गोल गर्न सफल भयो भने बिर्तामोड गोल गर्नबाट चुकेको थियो ।

खेलको ‘म्यान अफ द म्याच’ अशोक खवास घोषित भए ।

उपाधि भिडन्त आगामी आइतबार मोरङ र सुनसरी–११ बीच हुनेछ । सुनसरी बिहीबार भएको सेमिफाइनल खेलमा विजयी हुँदै फाइनलमा पुगिसकेको छ ।