तेस्रो दक्षिण एसियाली कराँते तथा किकबक्सिङमा नेपाल १६ स्वर्णसहित टिम च्याम्पियन « Image Khabar


तेस्रो दक्षिण एसियाली कराँते तथा किकबक्सिङमा नेपाल १६ स्वर्णसहित टिम च्याम्पियन


Imagekhabar
१५ पुष २०७४, शनिबार १७:१८

प्रतियोगितामा नेपालको तर्फबाट प्रतिनिधित्व गरेका २१ खेलाडीहरु सबैले पदक जित्न सफल भए ।

१६ स्वर्ण ४ रजत र एक कास्यपदक जितेर नेपाल टिम च्याम्पियन भएको हो ।

जापान गोजुरियो कराँते डु मिसन संघका अध्यक्ष एवं संस्थापक केबी राना (काजी)ले नेपाली खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गर्दै ऐतिहासिक सफलता हासिल गरेको जानकारी दिए ।

स्वर्णपदक विजेता खेलाडीहरुमा साहिल गुरुङ, प्रशान्त थापा, प्रशुन शाही, डिब्बिन गुरुङ, रिजन पाण्डे, एलिसा घिमिरे, शिवम बस्नेत, रोशन राना, सुमन परियार, शिवानी बस्नेत, सुष्मा पाण्डे, बिपना जीएम, मेखबहादुर जीएम, बिपीन राना, राजकुमार हरिजन र सञ्जय चौधरी रहेका छन् ।

रजतपदक विजेता नेपाली खेलाडीहरुमा प्रियंका थापा, क्रितिमा गौतम, कनिश्क राना, र दिलबहादुर बुढाथोकी छन् भने रुपा रानाले कास्यपदक प्राप्त गरेको टिम व्यवस्थापक तथा जापान गोजुरियो कराँते डु मिसन संघका सचिव गिरीप्रसाद पुनले बताए ।

प्रतियोगिताअघि नेपाली खेलाडीहरुलाई दुई हप्ताको बन्द प्रशिक्षण शिविरमा राखिएको र विगतका प्रतियोगिताहरुमा पनि उत्कृष्ट नतिजा ल्याएका अनुभवी खेलाडी टिममा रहेकाले राम्रो नतिजा ल्याएको टिम संयोजक तथा जापान गोजुरियो कराँते डु मिसन संघ रुपन्देहीका अध्यक्ष उमेश थापामगरले बताए ।

मार्सल आर्टस् स्कुल एसोसिएसन अफ इन्डियाको आयोजनामा भएको प्रतियोगितामा भारत दोस्रो भयो । श्रीलंकाको टिम तेस्रो स्थानमा रह्यो ।

विजेता खेलाडीहरुलाई दिल्ली क्षेत्रका लोकसभा सदस्य एवं भाजपा नेता मनोज तिवारी, नेसनल कराँते फेडरेसन अफ इन्डियाका महासचिव तथा संस्थापक राजु थापालगायतले पदक, ट्रफी र प्रमाणपत्र प्रदान गरेका थिए ।

दिल्लीस्थित तालकटोरा इन्डोर स्टेडियममा सम्पन्न प्रतियोगितामा नेपाल र आयोजक भारतसहित श्रीलंका, भुटान, बंगलादेश र माल्दिभ्सका गरी २०० बढी खेलाडीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्