३० जेष्ठ २०८२, शुक्रबार | Fri Jun 13 2025


इजिप्टका पूर्वराष्ट्रपति मोहम्मद मोर्सीलाई थप ३ वर्ष जेल


0
Shares

अदालतले पूर्वराष्ट्रपति मोर्सीसहित उनको मुश्लिम ब्रदरहुड समूहका १८ जना सदस्यलाई सोही अभियोगमा काराबास सजायका लागि आदेश दिएको छ ।

मुद्दाका प्रतिवादी मोर्सी तथा उनको दलका सदस्यमाथि न्याय प्रणालीमाथि अपहेलना गरेको आरोप लागेको थियो । उनीहरूले इजिप्टको अदालतका केही न्यायाधीशमाथि अपमानित गरेको तथा न्यायलयमाथि घृणा जगाउने गतिविधि गरेको अदालतले ठहर गरेको छ ।

पूर्वराष्ट्रपति मोर्सीलाई सन् २०१२ मा आफ्ना समर्थकलाई उक्साएर विरोधी समूहसँग भीषण भिडन्त गराएको भन्दै यस पहिल्यै २० वर्ष र कतारलाई महत्वपूर्ण कागजात चुहाएको आरोपमा २५ वर्ष जेल सजाय तोकिएको थियो ।

इजिप्टमा लामो समय शासन गरेको मुश्लिम ब्रदरहुडका प्राय नेता अहिले कैदी जीवन विताउँदै आएका छन् । केही उच्च पदस्थ नेतालाई हिंसा गर्न उत्तेजित गरेको, इजिप्टका जासुस सदस्यको हत्या गरेको तथा जेलबाट भाग्न प्रेरित गरेको आरोपमा लामो जेल सजाय तोकिएको छ भने केही अन्यलाई पुनरावेदन गर्न मिल्ने गरी मृत्युदनडको सजाय सुनाइएको थियो । (रासस/सिन्ह्वा)