२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


हतियारधारी समूह र प्रहरीबीच गोली हानाहान, एक जना मारिए


0
Shares

गौर, असार १५ । रौतहटमा गएराति प्रहरीले हानेको गोलीबाट एक जना मारिएका छन् ।

मृतकको सनाखत हुन सकेको छैन । जिल्ला प्रहरी कार्यालय रौतहटले दोहोरो भिडन्तमा मारिएको जनाए पनि स्थानीयले भने पक्रेपछि मारिएको आरोप लगाएका छन् ।

खुट्टा र पिठ्युमा गोली लागेका ती व्यक्तिलाई गौर अस्पताल पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।

रौतहटको राजदेवी नगरपालिकास्थित मुडबला गाउँको उत्तरमा रहेको बाग्मती नदीको तटबन्धमा प्रहरीको गोली प्रहारबाट ती व्यक्ति मारिएका हुन् । मृतकको साथबाट एसएमजी बन्दुक र त्यसमा लाग्ने म्याग्जिन बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीबाट ३१ राउण्ड तथा मृतक पक्षको समूहबाट १२ राउण्ड गोली प्रहार भएको स्थानीयको दावी छ ।