१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


मदन भण्डारी स्पोर्टस् एकेडेमीद्वारा क्रिकेट एकेडेमी सन्चालनमा


0
Shares

सोमबार राजधानीमा आयोजित कार्यक्रममा नेकपा एमालेका नेता एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले क्रिकेट एकेडेमीको उद्घाटन गरे ।

काठमाडौंको शान्तिनगरस्थित एकेडेमीको उद्घाटन गर्दै नेम्वाङले उत्कृष्ट खेलाडी उत्पादन र समग्र नेपाली क्रिकेटको विकासमा एकेडेमीले भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक जगत टमाटाले यस्ता एकेडेमीहरुको स्थापनाले नेपाली क्रिकेटको विकासमा थप सहयोग पुग्ने बताए ।