
‘फेयरमेड’ संस्थाको सहयोगमा तौलिहवा अस्पतालले एक महिनाभित्र नवजात शिशुका लागि शिशु सघन कक्ष (एसएनसियु) सन्चालन गर्ने तयारी गरेको हो ।
अस्पतालले बिरामीलाई उपचार सेवा सुविधा बढाउँदै लाने कार्यक्रमअनुसार एक महिनाभित्र एसएनसियु सन्चालन गर्न लागिएको अस्पतालका अध्यक्ष बिजय जैसवालले जानकारी दिए ।
आमाको गर्भावस्थाबाट शिशु अवस्थामा रुपान्तरणका लागि आवश्यक ऊर्जा र अक्सिजन पर्याप्त हुनुपर्ने तर ३० प्रतिशत शिशुमा विभिन्न स्वास्थ्य समस्या देखिन सक्ने भएकोले शिशु सघन कक्ष सन्चालन गर्न लागिएको अस्पतालका मेसु डा.किशोर बन्जाडेले बताए ।
डा.बन्जाडेका अनुसार एसएनसियुमा जन्मेदेखि चार सातासम्मका शिशुलाई ज्वरो आएमा, आमाको दूध चुस्न नसक्ने भएमा, श्वासप्रश्वासमा समस्यालगायतका अनय गम्भीर रोगहरु खेखिएका सघन रुपमा विशेष उपचार गरीन्छ । उनले अस्पतालमा हालसम्म उक्त सेवा नहुँदा भैरहवा लगातयका स्थानमा रिफर गर्दै आएको बताए ।
वि.श.२०२८ सालमा स्थापित तौलिहवा अस्पतालले महिलाको पाठेघर खस्ने समस्या, हाइड्रोशील, हर्निया, ऐपेन्डीसाइटिस, ल्याप्रेटोपीको शल्यक्रियाको सेवासमेत दिँदै आएको छ । त्यस्तै, अस्पतालले आफ्नै ल्याब तथा फार्मेसी सेवासमेत सन्चालन गरेको छ ।
आगामी असार महिनासम्म सम्पन्न गर्ने गरी ५० शैय्याको सुविधासम्पन्न अस्पताल निर्माणाधीन रहेको अस्पताल प्रशासनले जनाएको छ ।
अस्पतालले क्षयरोगीको पहिचान गर्न प्रयोग गरिने ‘जीन एक्स्पर्ट मेशीन’ र एचआइभी संक्रमितका लागि ‘सिडिफोर काउन्ट मेशीन’ समेत सन्चालनमा ल्याएको छ । सो सेवा सुचारु भएपछि बुटवल भैरहवा, चितवन र दाङमा उपचार सेवा लिन जान बाध्य संक्रमितहरुले अस्पतालमै सेवा पाएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत योगेन्द्र भगतले अस्पताललाई नमुना बनाउने तयारी गरिएको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्