काठमाडौैं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले समकालीन कम्युनिस्ट राजनीतिमा भइरहेको दलहरूबीचको एकता र सहकार्यको प्रयासलाई तीखो व्ययांग्य गर्नुभएकाे छ।
नेता बास्कोटाले साेमबार सामाजिक सञ्जालमार्फत यस्ताे तीखो व्ययांग्य गर्नुभएकाे हाे। आफ्नो धारणा सार्वजनिक गर्दै नेता बास्कोटाले यसलाई “पटक-पटक फुटेको हाँडी फेरि जोड्ने लालसायुक्त राग” को संज्ञा दिनुभएकेा छ। पछिल्लो समय कम्युनिस्ट शक्तिहरू सङ्गठित हुने बहस चलिरहेकाे समयमा नेता बास्कोटाले नेतृत्व तहमाथि गम्भीर प्रश्न उठाउनुभएकाे हाे ।
विभिन्न दलका नेतृत्वले राजनीतिक सङ्कट र भयङ्कर खतराको हौवा देखाएर कार्यकर्ता र जनतामाझ एउटा सुन्दर कथ्य निर्माण गर्न खोजेको उहाँको आरोप छ। तर, यस्ता भाष्य सारमा आफ्नो असफलता लुकाउन र शक्तिमा टिकिरहनका लागि मात्रै प्रयोग गरिएका भुत्ते हतियार भएको उहाँले टिप्पणी समेत गर्नुभयाे।










प्रतिक्रिया दिनुहोस्