१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


साबित्राको एकै खेलमा १२ गोलको कीर्तिमान


0
Shares

राखेप (राष्ट्रिय खेलकुद परिषद) च्याम्पियनसिपअन्तर्गत् १६औं राष्ट्रिय महिला फुटबल लिग प्रतियोगिताको सोमबार भएको खेलमा सशस्त्र प्रहरीकी साबित्राले करियरको सबैभन्दा उत्तम प्रदर्शन गरेकी हुन् ।

सो खेलमा सशस्त्रले मध्यपश्चिमाञ्चल विकास क्षेत्रलाई २६–० ले पराजित गर्‍यो ।

सशस्त्रको फराकिलो जितमा अनिता केसीले पाँच तथा अञ्जली योञ्जनले चार गोल गरिन् । त्यसैगरी, रेखा पौडेलले दुई तथा अनिता बस्नेतले एक गोल गरिन् ।

सोमबारै भएको खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबले पश्चिमाञ्चल विकास क्षेत्रलाई १२–० ले पराजित गर्‍यो ।

खेलमा दीपा राईले पाँच तथा कप्तान कृष्णा खत्रीले ह्याट्रिक गरिन् । त्यस्तै, इन्दिरा राईले दुई तथा पूजा राना र शर्मिला थापाले एक/एक गोल गरे ।

पाँच विकास क्षेत्र तथा तीन विभागीय टोलीले भाग लिएको प्रतियोगिताको विजेताले दुई लाख तथा उपविजेताले एक लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।