Logo २ असार २०८३, मंगलबार | Tue Jun 16 2026


सोलुखुम्बुमा प्रभावकारी बन्दै सामुदायिक आँखा केन्द्र


0
Shares

सोलुखुम्बुको फाप्लुमा १४ वर्षदेखि सन्चालित सामुदायिक आँखा केन्द्रमा हालसम्म ६० हजारभन्दा बढीले आँखा जाँच सम्बन्धी सेवा लिएका छन् । जसमा एक हजार २६४ जनाले त आँखाको शल्यक्रिया नै गराएका छन् ।

जिल्ला सामुदायिक आँखा केन्द्रका प्रमुख पुष्पबाबु बस्नेतका अनुसार सन् २०१६ मा करिब ९ हजारले आँखा जाँच सम्बन्धी सेवा लिएकोमा सन् २०१७ मा यो संख्या बढेर १० हजारभन्दा बढी पुगेको छ ।

बस्नेतका अनुसार सन् २०१७ मा केन्द्रमार्फत चार हजार ८७०, सामुदायिक आँखा कार्यक्रममार्फत जिल्लाका विभिन्न १२ स्थानमा सन्चालित एकदिने आँखा शिविरबाट दुई हजार ६५२, विद्यालय आँखा कार्यक्रममार्फत नौ विद्यालयका एक हजार ३१६ र शल्यक्रिया आँखा शिविरबाट ३९२ जनाले सेवा लिएका छन्  ।

त्यस्तै, एक हजार ५५३ जनाले चश्मा प्रयोग गरेको र चार हजार ७५ जनाले औषधिमार्फत सेवा लिएका छन् भने ५९ जनाको मोतिबिन्दुको शल्यक्रिया गरिएको छ ।

केन्द्रले सामुदायिक कार्यक्रममार्फत विभिन्न स्थानमा आँखा शिविर तथा विद्यालय आँखा कार्यक्रममार्फत नियमित विद्यार्थीको आँखा परीक्षण गर्दै आएको बस्नेतले बताए ।