
२१ जना चिनियाँ चालक दलका सदस्यको उद्धार गरिएको छ । ३० जना इरानी र दुई बंगलादेशी चालक दलका सदस्यको अवस्था भने अज्ञात छ ।
इरानबाट १ लाख ३६ हजार टन इन्धन ल्याएको द सान्ची नामक पानीजहाज दुई दिनदेखि बलिरहेको छ । अमेरिकी नेभीले उद्धारमा सहयोग पुर्याउन सैन्य विमान पठाएको छ ।
दक्षिण कोरियाले पनि तटरक्षकहरुको एउटा जहाज र हेलिकप्टर पठाएको छ । तर आगो ज्वाला र पानीमा तेल तैरिएका कारण समस्या भएको बताइएको छ ।
दुर्घटनामा परेको पानीजहाज इरानबाट दक्षिण कोरिया जान लागेको थियो । खोज तथा उद्धारका लागि आठवटा चिनियाँ पानीजहाज परिचालन गरिएको सिह्न्वा समाचार एजेन्सीले जनाएको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्