Logo ६ कार्तिक २०८३, शुक्रबार | Fri Oct 23 2026


रूस र युक्रेनबीच जारी युद्ध अन्त्यका लागि अमेरिका-रूस सक्रिय


949
Shares

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विट्कफ र जारेड कुशनरले मस्कोमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गरेका छन् ।

उनीहरुले रुस र युक्रेनबीच जारी रहेको युक्रेन युद्ध अन्त्य गर्ने प्रयास स्वरूप राष्ट्रपति पुटिनसँग भेटवार्ता गरेका हुन् । क्रेमलिनमा भएको करिब ३ घण्टा लामो वार्तामा युद्ध अन्त्य गर्ने सम्भावित प्रस्ताव र शान्ति प्रक्रियाकाे बारेमा छलफल भएको जनाइएकाे छ। राष्ट्रपति पुटिनले अमेरिकी प्रतिनिधिसँगको संवादलाई उपयोगी रहेको बताउनुभयाे। वार्तापछि अमेरिकी दूतहरू आइतबार युक्रेनको राजधानी कीभ जाने तयारीमा रहेकाे जनाइएकाे छ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी टोलीसँग गम्भीर वार्ताका लागि आफूहरू तयार रहेको बताइसक्नुभएकाे छ। रुस र युक्रेनले एक-अर्काका राजधानीमा ३ दिनसम्म आक्रमण नगर्ने सहमति समेत गरेका हुन् । तर, रुसले राजधानी बाहेक युक्रेनका अन्य क्षेत्रमा भने युद्धविराम स्वीकार नगरेको जनाएको छ ।

Skip This