
नेपाल सरकार स्वास्थ्य सुरक्षा विकास समिति र जिल्ला स्वास्थ्य कार्यालयका बिमा दर्ता सहयोगीले सोमबार रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजाललाई स्वास्थ्य बिमा सदस्यता कार्ड वितरण गरेसँगै जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम लागु भएको हो ।
स्वास्थ्य बिमा सदस्यता कार्ड लिएर मेयर रिजालले जिल्लामा स्वास्थ्य बिमा कार्यक्रमको थालनी गरेका हुन् । स्वास्थ्य बिमा लागु भएसँगै खोटाङ देशभर स्वास्थ्य बिमा लागु हुने जिल्लामध्ये खोटाङ २३ औं नम्बरमा परेको छ
जिल्लाका ७९ वडामा एकैसाथ सोमबारबाट स्वास्थ्य बिमा सदस्यताको फारम भरेर कार्ड वितरण गर्न थालिएको जिल्ला अस्पताल खोटाङका प्रमुख डा.रामबहादुर केसीले बताए । डा.केसीकाअनुसार पाँचजनाको परिवारले बिमा गरेवापत वार्षीक २५०० तिर्नुपर्नेछ । पाँचजनाभन्दा बढी सदस्य भएको परिवारले प्रतिसदस्य थप ४२५ रुपौयाँ तिर्नुपर्नेछ ।
बिमितहरुका लागि पहिलो उपचार केन्द्र जिल्ला अस्पताल, ऐसेलुखर्क तथा चिसापानी प्राथमिक स्वास्थ्य केन्द्र, गाईघाट अस्पताल, ओखलढुंगा अस्पताल र सोलु अस्पताल तोकिएको छ ।
यसैगरी, पहिलो उपचार केन्द्रबाट रेफर भएका बिमित बिमारीहरुले तराईमा कोशी अन्चल अस्पताल, नोबेल अस्पताल, विपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार गर्न पाउनेछन् । । त्यस्तै, केन्द्रिय स्वास्थ्य संस्थामा राजधानीको वीर अस्पताल, ट्रमा सेन्टर, शुक्रराज अस्पताल, शिक्षण अस्पताल, मानव अंग प्रत्यारोपण केन्द्र, भक्तपुर, प्रसुती गृह र आँखाको उपचारका लागि तिलगंगा अस्पतालमा स्वास्थ्य सेवा लिन पाउने व्यवस्था रहेको जिल्ला अस्पतालले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्