
काठमाडौं । संचारमन्त्री गोकुल बास्कोटाले टोले कमिटी बनाए जस्तो कर्मचारी समायोजन नगरिने बताएका छन् ।
संचार मन्त्रालयमा आज अपरान्ह गरिएको पत्रकार सम्मेलनमा मन्त्री बास्कोटाले सरकारले आफ्नो जनशक्ति आवश्यकता अनुसार परिचालन गर्ने भन्दै विरोध भयो भन्दैमा त्यसको प्रभावमा परेर समायोजन नरोक्ने स्पष्ट पारे ।
स्वास्थ्य मन्त्रालयको सचिव चिकित्सक नै हुनुपर्ने तर्क उचित नभएको भन्दै उनले अति आवश्यक सेवा अन्र्तगतको कानून सरकारलाई पनि राम्रो ज्ञान छ भने ।
त्यस क्रममा मन्त्री बास्कोटाले यही मंसीर २४ गतेको मन्त्री परिषदले गरेका १५ वटा निर्णय पनि सार्वजनिक गरे ।
जस अनुसार साना किसानहरुले तत्कालीन साझा सहकारी संस्थाहरुबाट लिएको ऋण मिनाहा गर्ने, भारतीय रुपैया २ सय, ५ सय र २ हजारका नोटको प्रयोग रोक्ने निर्णय भएको जानकारी दिए ।
यस्तै वैठकले काठमाडौं तराई द्रतमार्ग निर्माणका लागि आवश्यक जग्गा अधिकरण गर्ने क्रममा विभिन्न कारणले क्षर्तीपूर्ति दिन छुट भएका ९६ जना र कार्यदल बेसक्याप भित्र परेका ५ जना गरी १ सय १ जनाको ऐलानी जग्गा र त्यसमा निर्मित संरचनाहरु बापत् क्षतिपूर्ति दिने निर्णय समेत गरेको छ ।
प्रतिक्रिया दिनुहोस्