१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


भारोत्तोलनमा दिनेशले तोडे १९ वर्षअघिको कीर्तिमान


0
Shares

उनले आफ्नो नाममा १२१ केजीको नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका हुन् ।

यसअघि, मदन शिवभक्तिको नाममा १२० केजीको राष्ट्रिय कीर्तिमान रहेको थियो । शिवभक्तिले आठौं साफ गेममा उक्त कीर्तिमान कायम गरेका थिए ।

स्नाचतर्फ नेपाल प्रहरीका सन्देश गुरुङले १०० केजीका साथ रजत र बाराका महमद आशिक हुसेनले ८८ केजीका साथ कास्यपदक पाए ।

क्लिन एन्ड जर्क र कुलमा पनि दिनेशले नै स्वर्णपदक पाए । उनले क्लिनमा १४० केजी र कुलमा २६१ केजी भार बहन गरे ।

प्रहरीका सन्देश गुरुङले क्लिनमा १३२ र कुलमा २३२ केजीका साथ रजत र बाराका महमद आशिकले क्लिनमा १०५ र कुलमा १९३ केजीका साथ कास्य पाए ।

पोखराको उद्योग वाणिज्य संघको हलमा भएको च्याम्पियनसिपमा सेनाकै पुकार गुरुङले १०५ केजीमाथिको तौलमा आफ्नै नाममा रहेको कीर्तिमानमा सुधार गर्दै स्वर्ण प्राप्त गरे । उनले स्नाचमा सातौं राष्ट्रिय खेलकुदमा राखेको १२४ केजी तौलमा सुधार गर्दै १२५ केजी भार बहन गरे ।

दोस्रो स्थानमा प्रहरीका राजीव महर्जन रहे । उनले ९५ केजी भार बहन गरे । कन्चनपुरका सुभाष उपाध्यायले ८७ केजी भारका साथ स्नाचमा कास्यपदक पाए ।

पुकारले क्लिनमा १४० केजी र कुलमा २१५ केजी गरी प्रथम भए । क्लिनमा कन्चनपुरका सुभाष उपाध्यायले १२० केजीका साथ रजत पाए । स्नाचमा दोस्रो स्थानमा रहेका प्रहरीका राजीव महर्जनले क्लिनमा ११८ केजीका साथ कास्यपदक पाए ।

कुलतर्फ प्रहरीका राजीवले २१३ केजीका साथ रजत र कन्चनपुरका सुभाष उपाध्यायले २०७ केजीका साथ कास्य पाए ।

प्रतियोगिताको तेस्रो दिन सेनाका सुरेन्द्र श्रेष्ठले ८५ केजी तौलमा स्वर्णपदक हात पारे । उलने स्नाचमा १०५ र क्लिन एन्ड जर्कमा १२७ केजी गरी कुलमा २३२ केजी भार बहन गरे ।

प्रहरीका गगन चन्दले स्नाचमा ९३ र क्लिनमा ११७ केजी गरी कुलमा २१० केजी भार बहन गरे । चन्दले रजत पदक पाए । तेस्रो स्थानमा रहेका कन्चनपुरका विशाल सिंह बिष्टले स्नाचमा ८५ र क्लिनमा ११५ गरी कुल २०० केजी भारका साथ कास्य पाए ।

यस्तै, पुरुषकै ९४ केजी तौलमा नेपाली सेनाका टहलबहादुर बसेलले क्लिन एन्ड जर्क र कुलमा स्वर्ण पाए । उनले क्लिनमा १२७ र कुलमा २१७ केजी भार बहन गरे ।

टहलले स्नाचमा रजत पाए । उनले स्नाचमा ९० केजीमात्र भार बहन गर्दै नेपाल प्रहरीका श्रीकृष्ण महर्जनलाई स्वर्ण सुम्पे । महर्जनले स्नाचमा १०० केजी भार बहन गरे ।

महर्जनले क्लिनमा ११० केजी र कुलमा २१० केजीका साथ रजत पाए । भक्तपुरका जयदी कोजुले कास्य पाए । कोजुले स्नाचमा ८१ केजी र क्लिनमा ११० गरी कुल १९१ केजी भार बहन गरे ।

च्याम्पियनसिपमा सेनाका कमलबहादुर अधिकारीले पुरुष तर्फको स्ट्रंगेस्ट र उत्कृष्ट लिफ्टर खेलाडीको उपाधिसमेत जितेका छन् ।