२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


पोखरा अन्तर्राष्ट्रिय म्याराथन फागुन ७ गते


0
Shares

भूतपूर्व खेलाडी मञ्च नेपाल पोखराको आयोजना तथा सुजल डेरीको उत्पादन सफल दूधको मुख्य प्रायोजनमा हुन लागेको सो प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने धावकले क्रमशः रु ७० हजार, रु ४५ हजार र रु ३० हजार नगद तथा प्रमाणपत्र प्राप्त गर्ने मञ्चद्वारा शनिबार आयोजित पत्रकार सम्मेलनमा मञ्चका अध्यक्ष तेजबहादुर गुरुङले जानकारी दिए ।

त्यस्तै, १० किलोमिटर पुरुष र महिला दौड पनि आयोजना गरिनेछ ।

उक्त प्रतियोगितामा प्रथम हुनेले रु १५ हजार, द्वितीय हुनेले रु १० हजार र तृतीय हुनेले रु पाँच हजार तथा पाँच किलोमिटर छात्रछात्रा दौडमा प्रथम हुनेले रु १० हजार, द्वितीय हुनेले रु सात हजार र तृतीय हुनेले चार हजार नगद पुरस्कार पाउनेछन् ।

यस्तै, ४०० मिटर ह्विलचियर पुरुष तथा महिला दौडमा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः रु पाँच हजार, रु तीन हजार र रु दुई हजार दिइनेछ ।

योपटक १०० मिटर दृष्टिविहीन दौड पनि आयोजना गरिने भएको छ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः रु पाँच हजार, रु तीन हजार र दुई हजार पाउनेछन् ।

प्रतियोगिता सम्पन्न गर्न रु १७ लाख ३९ हजार खर्च लाग्ने बताइएको छ । प्रतियोगिताका लागि नेपाल एडभेन्चर स्पोट्र्स प्रालि र स्थानीयस्तरमा ट्रेनर नेपालले पनि सहयोग गरेका छन् ।