
गाउँपालिकाको २५ लाख रुपैयाँको लागतमा खेलमैदान निर्माण गरिएको गाउँपालिका प्रमुख अमर माखिमले जानकारी दिए ।
उक्त मैदानको लम्बाई १२० मिटर र चौडाई ७५ मिटर रहेको उपभोक्ता समितिका अध्यक्ष खड्गनारायण राईले बताए ।
खेलमैदान नहुँदा त्यस क्षेत्रका स्थानीयलाई प्रतियोगिता गर्न असहज भएको थियो ।
खेलमैदान निर्माण भएपछि पाँचथरको मिक्लाजुङ, तुम्बेवा, फाल्गुनन्द, कुमायक गाउँपालिका र इलामको फाकफोकथुमका खेलाडीका लागि सहज भएको छ ।
प्रतिक्रिया दिनुहोस्