देहिमाडौं मेयरकप क्रिकेटको सेमिफाइनलमा • Image Khabar Image Khabar


देहिमाडौं मेयरकप क्रिकेटको सेमिफाइनलमा


Imagekhabar
४ माघ २०७४, बिहीबार १८:४३

देहिमाडौं मेयरकप क्रिकेटको सेमिफाइनलमा

बुड्डाबाजे क्रिकेट मैदान रातामाटामा बिहीबार भएको खेलमा दशरथचन्द नगरपालिकाको वडा नम्बर–८ त्रिपुरालाई ६ विकेटले हराउँदै दशरथचन्द नगरपालिको वडा नम्बर–२ देहिमाडौंले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

टस हारेर ब्याटिङको निम्ता पाएको त्रिपुराले निर्धारित् २० ओभरमा लोकेन्द्र थापाको सर्वाधिक २३ रनको मद्दतमा १०२ रन बनाएको थियो ।

बलिङतर्फ देहिमाडौंका बसन्त बोहराले ३ तथा ऋषिकेश बोहराले २ विकेट लिए ।

जवाफमा १०३ रनको विजयी लक्ष्य देहिमाडौंले १० ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्‍यो ।

देहिमाडौंका दीपक बोहराले सर्वाधिक २९ रन जोडे । खडक बोहराले २० तथा ऋषिकेशले अविजित ७ रन बनाए ।

त्रिपुराका गणेश थापाले २ विकेट झारे । ऋषिकेश खेलका ‘म्यान अफ द म्याच’ घोषित भए ।

सहिद दिवसको अवसर पारेर दशरथचन्द नगरपालिकाको आयोजना, बैतडी जिल्ला क्रिकेट संघ र नगर क्रिकेट समितिको प्राविधिक सहयोगमा प्रतियोगिता सन्चालन भइरहेको हो ।

टी–ट्वेन्टी ढाँचामा जारी प्रतियोगिताको विजेताले ५० हजार र उपविजेताले ३० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

माघ १० गतेसम्म सन्चालन हुने प्रतियोगितामा दशरथचन्द नगरपालिकाका ११ ओटै वडाका ११ टिमको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्