
कोहलीले आइसीसी वर्ष क्रिकेट खेलाडी र एक दिवसीय क्रिकेट वर्ष खेलाडीको उपाधि जित्न सफल भएका हुन् ।
आइसीसी वर्ष खेलाडीबापत उनलाई सर गरफिल्ड सोबर्स ट्रफी दिइनेछ । सन् २०१६ को सेप्टेम्बर २१ देखि सन् २०१७ को अन्तिमसम्म कोहलीले ६ दोहोरो शतकहित ७७.८ को औसतमा दुई हजार २०३ टेस्ट रन, ८२.६३ को औसतमा सात शतकसहित एक हजार ८१८ एक दिवसीय रन र १५३ को ‘स्ट्राइक रेट’मा २९९ ट्वेन्टी–२० रन बनाएका थिए ।
कोहलीले एक दिवसीय र टेस्टको विश्व ११ टिमको कप्तानमासमेत नाम लेखाउन सफल भएका छन् ।
इंग्ल्यान्डविरुद्ध एकै खेलमा २५ रन खर्चेर ६ विकेट लिएका भारतीय खेलाडी युजभेन्द्र चाहालले टी–२० प्रदर्शन वर्ष खेलाडीको उपाधि जिते ।
त्यसैगरी, टेस्ट क्रिकेट वर्ष खेलाडीको उपाधि अष्ट्रेलियाका कप्तान स्टेभेन स्मिथले जितेका छन् ।
पाकिस्तानका खेलाडी हसन अली उदियमान वर्ष खेलाडी घोषित भए ।
त्यस्तै, इंग्ल्यान्डका अन्य श्रुबसोलले जोसिलो वर्ष खेलाडीको उपाधि जित्दा एसोसिएट राष्ट्रतर्फको क्रिकेट वर्ष खेलाडीको उपाधि अफगानिस्तानका रशिद खानले पाए ।
आइसीसी वर्ष अम्पायरको उपाधि मराइस इरास्मसले जितेका छन् ।
प्रतिक्रिया दिनुहोस्