
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी)ले शनिबार सार्वजनिक गरेको तालिकाअनुसार आगामी माघ २५ गते आयोजक नामिबियासँग खेल्दै नेपालले प्रतियोगिताको सुरुआत गर्नेछ ।
दोस्रो खेलमा नेपालले माघ २६ गते ओमानको सामना गर्नेछ ।
यस्तै, तेस्रो खेलमा नेपालले २८ गते युएईसँग, चौथो खेलमा २९ गते केन्यासँग र पाँचौं तथा अन्तिम खेलमा क्यानडाको सामना गर्नेछ ।
प्रतियोगिताको शीर्ष दुई स्थानमा रहने टोली जिम्बाब्वेमा आयोजना हुने एक दिवसीय विश्वकप क्रिकेट छनोट प्रतियोगिताका लागि छानिनेछन् ।
ओमान र क्यानडा डिभिजन–३ बाट बढुवा हुँदै डिभिजन–२ मा छानिँदा नेपाल, केन्या, युएई र नामिबिया शीर्ष डिभिजनबाट घटुवा भएका हुन् ।
प्रतियोगिता माघ २५ देखि नामिबियामा हुन लागेको हो ।
प्रतियोगिता जित्ने लक्ष्यका साथ नेपाली टोली यतिबेला बन्द प्रशिक्षणमा व्यस्त छ ।
प्रतिक्रिया दिनुहोस्