दक्षिण कोरियामा हुने ओलम्पिकमा उत्तर कोरियाका २२ खेलाडीले भाग लिने • Image Khabar Image Khabar


दक्षिण कोरियामा हुने ओलम्पिकमा उत्तर कोरियाका २२ खेलाडीले भाग लिने


Imagekhabar
७ माघ २०७४, आईतवार ११:१७

दक्षिण कोरियामा हुने ओलम्पिकमा उत्तर कोरियाका २२ खेलाडीले भाग लिने

दक्षिण कोरियाको प्योङ्च्याङमा हुने प्रतियोगिताका लागि उत्तर कोरियाका २२ खेलाडी दक्षिण कोरिया जान लागेका हुन् ।

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी आईओसीले २२ जना उत्तर कोरियाका खेलाडी सहभागी हुने जानकारी दिएको हो ।

दुवै कोरियाका खेलाडीले ओलम्पिक रंगशालामा एउटै झन्डा लिएर मार्च पार्स गर्ने बताइएको छ ।

दक्षिण कोरियाको प्योङच्याङमा आगामी फ्रेब्रुअरी ९ देखि २७ तारीखसम्म शितकालीन ओलम्पिक हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्