प्रदेश नम्बर ४ का प्रदेशसभा सदस्यहरुले लिए सपथ, दुई सांसद अनुपस्थित • Image Khabar Image Khabar


प्रदेश नम्बर ४ का प्रदेशसभा सदस्यहरुले लिए सपथ, दुई सांसद अनुपस्थित


Imagekhabar
७ माघ २०७४, आईतवार ११:२९

प्रदेश नम्बर ४ का प्रदेशसभा सदस्यहरुले लिए सपथ, दुई सांसद अनुपस्थित

प्रदेश प्रमुख बाबुराम कुँवरले ज्येष्ठ सदस्य श्रेष्ठलाई शपथ गराएपछि उनले प्रदेश सांसदहरुलाई शपथ गराएका हुन् ।

श्रेष्ठले प्रदेश प्रमुखको कार्यालय पार्दी पोखरामा प्रदेश प्रमुखबाट सपथ लिएका हुन् ।

आफूले सपथ लिएलगत्तै उनले प्रदेश नम्बर ४ का ५८ जना प्रदेशसभा सदस्यहरुलाई पोखराको नदीपुरस्थित प्रदेश सभाहलमा सपथ गराएका हुन् ।

सपथमा दुई जना सांसद भने सहभागी भएनन् । मनाङबाट निर्वाचित सांसद दिपक मनाङ्गे र तनहुँबाट निर्वाचित सांसद रामबहादुर गुरुङ सपथमा सहभागी नभएका हुन् ।

मनाङले फरार छन् भने रामबहादुर गुरुङ देशबाहिर रहेका कारण सपथमा सहभागी नभएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्