Logo २८ भाद्र २०८३, आइतबार | Sun Sep 13 2026


सुनसरीका ५ स्थानमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी (विज्ञप्तिसहित)


65
Shares

काठमाडाैं । जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगन्जमा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएपछि विभिन्न ५ वटा क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ।

दुई पक्षबीचको झडप भएपछि प्रहरीले चलाएको गोली लागेर देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जका २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको हो । घटनमा प्रदर्शनकारी र प्रहरीतर्फ गरी १७ जना घाइते भएका छन् । प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले सोमबार बिहान ७ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि लागू हुने गरी आदेश जारी गर्नुभएकाे हाे। आइतबार मध्यराति जारी गरिएको उक्त आदेशमा तोकिएको सीमानाभित्र आवतजावत गर्न तथा कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक र घेराउ गर्न पूर्ण रूपमा रोक लगाइएको छ।