२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


तीन लाख घुससहित असईलाई अख्तियारले पक्रियो


0
Shares

आयोगका प्रवक्ता पद्मप्रसाद पाण्डेयकाअनुसार प्रहरी सहायक निरीक्षक खड्काले लेनदेन व्यवहारको कागज बनाइदिएबापत एक सेवाग्राहीसँग घुस लिन लागेको भन्ने सूचनामा आधारमा पुगेको आयोग टोलीले उनलाई सोमबार बालाजुबाट पक्राउ गरेको थियो ।

बुटवलमा कार्यरत् रहँदा निज खड्काले रु एक एक करोड ३० लाखको कागज बनाइदिने काममा सहयोग गरेको र उक्त कागज आफैंसँग राखी रु तीन लाख मागेको खुल्न आएको उनले बताए ।

कागज फिर्ता गरिदिन सेवाग्राहीले पटक–पटक माग गर्दा पनि प्रहरी सहायक निरीक्षक खड्काले रकम दिनुपर्ने बताएपछि पीडितले आयोगमा उजुरी दिएका थिए । रासस