१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


आयोजकलाई हराउँदै गरिफा सेमिफाइनलमा


0
Shares

मंगलबार इटहरी रंगशालामा भएको खेलमा गरिफाले आयोजक टिमलाई १–० ले पराजित गर्दै अन्तिम चारको यात्रा तय गरेको हो ।

गरिफाले अब फाइनल प्रवेशका लागि मनाङ–मर्स्याङ्दी क्लबसँग बिहीबार हुने दोस्रो सेमिफाइनल खेलमा प्रतिस्पर्धा गर्नुपर्नेछ ।

आयोजक राष्ट्रिय जागृतिलाई हराउन भारतीय टिम गरिफाका अफ्रिकी खेलाडी सिसो सोलेक्सले गरेको एकमात्र गोल नै निर्णयक बन्यो । सिसोले खेल सुरु भएको दोस्रो मिनेटमै गोल गरेका थिए ।

आयोजक टिमले गोल गर्ने आधादर्जन अवसरलाई सदुपयोग गर्न नसक्दा पराजित हुनुपर्‍यो । खेलको ‘म्यान अफ द म्याच’ आयोजक टिमका प्रवेश दनुवार घोषित भए ।

प्रतियोगिताअन्तर्गत् बुधबार हुने पहिलो सेमिफाइनल खेलमा त्रिभुवन आर्मी क्लब र थ्रीस्टार क्लब भिड्ने आयोजकले जनाएको छ ।