
कञ्चनपुर । कञ्चनपुर कृष्णपुर नगरपालिका– ४ अत्तरिया टोलमा आज एक बालक मृत अवस्थामा फेला परेका छन् ।
स्थानीबासी खड्क बमका करिब १२ वर्षीय छोरा विवेक मृत अवस्थामा फेला परेको हो ।
बालक बमको शव घर भन्दा १२० मिटर टाढा छिमेकी जयबहादुर महताको गोठमा फेला परेको इलाका प्रहरी कार्यालय गुलरियाका प्रहरी नायब निरीक्षक भरतबहादुर धामीले जानकारी दिए ।
विवेकको कानबाट रगत बगेको, औंलामा चोट लागेको र पिँठ्युमा निलडाम भएको शव फेला परेको छ, उनले भने, “शव शङ्कास्पद फेला परेकाले अनुसन्धानको कार्य भइरहेको छ ।”
बालकको आफैं मृत्यु भएको वा कसैले हत्या गरेको बारे अनुसन्धान भइरहेको उनले बताए ।रासस
प्रतिक्रिया दिनुहोस्