
रिहा हुनेहरुमा एमबीसी टेलिभिजन नेटवर्कका प्रमुख वालिद अल इम्राहिम र शाही अदालतलका पूर्वप्रमुख खालिद अल तुवाइजिरी पनि रहेका छन् ।
निश्चित रकम तिरेर रिहा भएपनि उनीहरुले तिरेको रकम भने सार्वजनिक गरिएको छैन ।
नोभेम्बरको अन्त्यतिर रिहा भएका राजकुमार मितेव बिन अब्दुल्लाहले एक अर्ब अमेरिकी डलरभन्दा बढी रकम तिरेर छुटेका थिए ।
भ्रष्टाचारविरुद्धको अभियानमा साउदी राजकुमारहरु, राजनीतिज्ञहरु र धनाढ्य व्यापारी गरी सयौं पक्राउ परेका थिए ।
साउदी अरबका महान्यायाधिवक्ताले साउदी अरबमा एक दशकयता कम्तीमा एक खर्ब डलर भ्रष्टाचार र सरकारी रकम हिनामिना भएको बताएका छन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्