आइपिएलमा सन्दिप लामिछाने अनुबन्ध भएपछि के भन्छन् भारतीय मिडिया ! • Image Khabar Image Khabar


आइपिएलमा सन्दिप लामिछाने अनुबन्ध भएपछि के भन्छन् भारतीय मिडिया !


Imagekhabar
१४ माघ २०७४, आईतवार १८:०३

आइपिएलमा सन्दिप लामिछाने अनुबन्ध भएपछि के भन्छन् भारतीय मिडिया !

आइतबार इन्डियन प्रिमियर लिग (आइपिएल) मा दिल्ली डेयरडेभिल्स टिमले २० लाख रुपैयाँमा अनुबन्ध गरेपछि एकाएक सन्दिप चर्चामा पुगेका हुन् । आइपिएलमा अनुबन्ध हुने उनी पहिलो नेपाली खेलाडी पनि हुन् ।

कयौं भारतीय संचारमाध्यमले सन्दिपको प्रशंसा गरेका छन् । भारतका मुख्य अखबारका अनलाइन संस्करणमा सन्दिपको क्रिकेट करिअरसँग सम्बन्धित कीर्तिमानसहित उनले विगतमा आर्जन गरेको ख्याती र सफलताका शृंखला सजाइएको छ ।

आइपिएलमा सन्दिप लामिछाने अनुबन्ध भएपछि के भन्छन् भारतीय मिडिया !

अन्तर्राष्ट्रिय क्रिकेटमा ख्याती कमाइसकेका कयौं क्रिकेटरहरुसँगै नेपाली क्रिकेटमा भविष्य खोज्दै गरेका सन्दिपको समाचारले प्राथमिकता पाउनु नेपाली क्रिकेटप्रेमीका लागि समेत गर्वको विषय बनेको छ ।

बीबीसीको हिन्दी संस्करणले ‘को हो आइपिएलको पहिलो नेपाली क्रिकेटर’ शीर्षकमा समाचार लेख्दै सन्दिपका बारेमा विस्तृत जानकारी दिएको छ ।

‘सन् २०१६ मा भएको यु–१९ विश्वकप क्रिकेटमा सन्दिपले आफ्नो लेग स्पिनको कमालसँगै नेपाललाई आठौं स्थानमा पु¥याएका थिए,’ बीबीसीले लेखेको छ, ‘सो प्रतियोगितामा उनी सर्वाधिक विकेट लिने दोस्रो खेलाडी थिए । १७ को औंसत र ४.६७ को इकोनोमीमा उनले ६ पारीमा १४ विकेट लिएका थिए ।’

आइपिएलमा सन्दिप लामिछाने अनुबन्ध भएपछि के भन्छन् भारतीय मिडिया !

आयरल्याण्डका विरुद्ध ह्याट्रिक गर्दै उनी यु–१९ विश्वकपमा ह्याट्रिक गर्ने पाँचौं खेलाडी बन्न सफल भएको पनि बीबीसीले जनाएको छ ।

‘सन्दिपको प्रदर्शनबाट अस्ट्रेलियाका पूर्व कप्तान माइकल क्लार्कको ध्यानाकृष्ट भयो र उनले हङकङ टि–२० ब्लीट्जको कोनुन कान्टुसमा सन्दिपलाई आफूसँग खेल्न बोलाए,’ बीबीसीले लेखेको छ, ‘पछि क्लार्कले यी लेग स्पिनरलाई अस्ट्रेलियामा एनएसडब्ल्यु प्रिमियर क्रिकेट सीजनको आफ्नो टिम वेस्टर्न सबअब्र्सबाट खेल्न आमन्त्रित गरे ।’

त्यस्तै नवभारत टाइम्सको अनलाइन संस्करणले सन्दिपको बलिङ एक्सन उत्कृष्ट रहेको जनाएको छ । नवभारत टाइम्स लेख्छ, ‘लेग स्पिन गराउन उनको अर्थोडक्स एक्सन छ, उनी जसरी बल रिलिज गर्दछन्, ब्याट्सम्यानले त्यसलाई बुझ्न सक्दैन । आयरल्याण्डविरुद्ध उनले लिएको पाँच विकेटमा तीन ब्याट्सम्यानलाई आफ्नो बलिङमार्फत उनले हावामै चक्मा दिएर बोल्डआउट गरेका थिए ।’

त्यस्तै दैनिक जागरण पत्रिका र आजतक टेलिभिजको अनलाइन संस्करणले पनि सन्दिपको सफलताबारे प्राथमिकताका साथ समाचार दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्