फेडेररले जिते अस्ट्रेलियन ओपनको उपाधि, करियरको २० औं ग्राण्डस्लाम • Image Khabar Image Khabar


फेडेररले जिते अस्ट्रेलियन ओपनको उपाधि, करियरको २० औं ग्राण्डस्लाम


Imagekhabar
१४ माघ २०७४, आईतवार १९:३४

फेडेररले जिते अस्ट्रेलियन ओपनको उपाधि, करियरको २० औं ग्राण्डस्लाम

छैटौं पटक अष्ट्रेलियन ओपन जितेसँगै ३६ वर्षीय फेडेररले कीर्तिमान चुमेका हुन् । अहिलेसम्म कुनै पनि पुरुष खेलाडीले फेडेररको कीर्तिमान भेट्टाएका छैनन् ।

टेनिस इतिहासमा महिलातर्फ मार्गरेट कोर्ट, सेरेना विलियम्स र स्टेफी ग्राफले मात्र २० बढी ग्राण्डस्लामको कीर्तिमान रचेका छन् ।

फेडेररले फाइनलमा क्रोएसियन खेलाडी मारिन सिलिचलाई हराए । फेडेरर ६/२, ६/७, ६/३, ३/६ र ६/१ ले विजयी भए ।

महिलातर्फको उपाधि भने क्यारोलिन वोज्नियाकीले जितेकी छिन् ।

फाइनलमा सिमोना हालेपलाई हराउँदै वोग्नियाकीले उपाधि जितेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्